• २३ भदौ २०८३, मंगलबार
  • ११ः२२ बिहान

सानिमा बैंकको दराजसँग “दराज ११.११” का लागि सहकार्य

प्रकाशित मिति

२०७९ कार्तिक २७ गते, आईतवार ११:२५

२७ कात्तिक २०७९, काठमाडौँ : सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “Daraz 11.11” मा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,५००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु ३,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

National Life

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ।


सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया