• ११ असोज २०८३, आइतबार
  • १२ः०३ राती

क्रिकेटका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाले दिए बधाई

प्रकाशित मिति

२०७९ कार्तिक २६ गते, शनिबार ११:०७

२६ कात्तिक, २०७९, काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले शिनबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् ।

National Life

उनले बधाई दिंदै पौंडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । बलात्कार अभियोगपछि सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहितकुमार पौडेललाई कप्तान नियुक्त गरेको हो ।


प्रधानमन्त्री देउवाले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली फुटबल टिमलाई पनि बधाई दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया