• ११ असोज २०८३, आइतबार
  • १२ः०४ राती

विश्वकप खेल्ने जर्मनी टोलीको घोषणा

प्रकाशित मिति

२०७९ कार्तिक २५ गते, शुक्रबार ०९:४५

२५ कात्तिक २०७९, एजेन्सी : चार पटकको च्याम्पियन जर्मनीले आगामी मंसिर ४ गतेदेखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि टोलीको अन्तिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् ।

National Life

जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन्। उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन्। विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले मंसिर ७ गते जापानसँग खेल्दै विश्वकप सुरू गर्नेछ। समूह चरणको दोस्रो खेलमा जर्मनीले मंसिर ११ गते स्पेनविरूद्ध खेल्नेछ भने मंसिर १५ गते कोष्टारिकाविरूद्ध खेल्नेछ।

जर्मनी टोली

Classic Tech Mobile
Classic Tech Desktop

गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप
डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले
मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने

प्रतिकृया