• १ असोज २०८३, बिहीबार
  • १ः१६ दिउँसो

समृद्धि फाइनान्सकाे नबिकेकाे हकप्रद लिलामीमा आउँदै

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०२:०५

२४ कात्तिक २०७९, काठमाडौँ : समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंसिर १ गते, बिहीबारदेखि सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । फाइनान्सले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म बिक्री खुल्ला गरेकाे हकप्रदमा आवेदन नपरेकाे संस्थापक समूहकाे ८ लाख ६७ हजार ३ सय ६६ कित्ता र सर्वसाधारण समूहकाे ७३ हजार एक सय कित्ता गरी कूल ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयरहरू यसअघि पहिलाेपटक चैत्र २९ गतेदेखि वैशाख ७ गतेसम्म र दाेश्राे पटक असार १ गतेदेखि असार ९ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

National Life

सो अवधिमा बिक्री हुन नसकेको संस्थापक समूहकाे ७ लाख ६७ हजार ३ सय ६६ कित्ता सेयर फाइनान्सले अहिले फेरि लिलामी मार्फत् बिक्री गर्न लागेकाे हाे । लगानीकर्ताले मंसिर १ गते, बिहीबारदेखि मंसिर १५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ, बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामाेड, धनुषा, हेटाैँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घाेराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट, ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिकृया