• 4:37 pm

नबिलको नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ११:३५

२४ कात्तिक २०७९, काठमाडौँ : नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २३ गते, बुधबारदेखि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । यो खुल्लामुखी योजना हो । क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १४ प्रतिशत इकाई कोष प्रवद्धक नबिल बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ ।


एक प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका लागि छुट्याइएको छ । त्यसपछी बाँकी रहेको ६ करोड ३७ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।


कार्तिक २३ गते, बुधबारदेखि निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा कार्तिक २७ गतेसम्म र ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिकृया