• १०:११ २०८० फाल्गुन १३ गते
  • 10:11 am

गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार ०३:०१

638457362baby death sancharkarmi pp e1667726211529

२० कात्तिक २०७९, काठमाडौँ : काठमाडौं महानगरपालिका–९ गौशाला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया