ट्विटरको ब्लू टिकका लागि पैसा तिर्नुपर्ने योजना औपचारिक
प्रकाशित मिति
२०७९ कार्तिक २० गते, आईतवार ०३:०८
२० कार्तिक २०७९, काठमाडौँ: प्रयोगकर्ताले पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने अर्थात् निलो टिक लगाउने योजना औपचारिक रूपमा सार्वजनिक गरेको छ । एप्पलका डिभाइसहरूका लागि पठाइएको अपडेटमा ट्विटरले केही देशका प्रयोगकर्ताका लागि पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने सुविधा सुरु गर्न लागिएको उल्लेख गरेको हो ।
ट्विटरको ब्लू सेवाका लागि प्रयोगकर्ताले ७.९९ अमेरिकी डलर प्रति महिना तिर्नु पर्ने छ । ट्विटरको यो नीति विवादास्पद बनेको छ। यसले ट्विटरमा फेक एकाउन्टको बाढी नै आउन सक्ने चिन्ता छ ।
विश्वका धनी व्यक्ति इलन मस्कले ट्वीटर किनेसँगै यो विवादास्पद नीति ल्याएका हुन् । उनले गएको शुक्रबार कम्पनीका करिब आधा कर्मचारीलाई बर्खास्त गरेका थिए ।
ट्विटरको ब्लू टिकका लागि अहिलेसम्म प्रयोगकर्ताले पैसा तिर्नु परेको छैन । उच्चपदस्थ व्यक्ति, पत्रकार, कलाकार तथा संघसंस्थाहरूले ब्लू टिक पाउँदै आएका थिए, तर त्यसका लागि उनीहरूले आफ्नो परिचय स्थापित गर्नुपर्ने थियो ।







प्रतिकृया