• १२ असोज २०८३, सोमबार
  • ३ः३५ राती

गाडीको ठक्करबाट लोकन्थलीमा मोटरसाइकल चालकको मृत्यु, फरार गाडीको खोजी

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार ०१:०४

२० कार्तिक २०७९, काठमाडौँ : मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकनजिकै गएराति गाडीकाे ठक्करबाट मोटरसाइकल चालकाे ज्यान गएकाे छ ।

National Life

ज्यान गुमाउनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय पुण्यबहादुर बोहरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघर स्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ ।


काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराति सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्कर दिएर फरार रहेका मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया