• ११ असोज २०८३, आइतबार
  • ५ः११ बिहान

गोल अन्तरमा पछि परेको म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्लेअफ खेल्नुपर्ने

प्रकाशित मिति

२०७९ कार्तिक १८ गते, शुक्रबार ०७:५६

१८ कात्तिक २०७९, एजेन्सी : युवा खेलाडी एलेजान्ड्रो गार्नाचोको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा रियल सोसिडाडमाथि जित निकालेको छ। समूह ई मा रहेको म्यान्चेष्टर युनाइटेडले लगातार पाँचौ खेलमा जित निकाले पनि समूह उप-विजेता भएर अन्तिम १६ मा प्रवेश गरेको छ।

National Life

समूहको शीर्ष स्थानमा रहन युनाइटेडलाई दुई वा सोभन्दा बढी गोल अन्तरले जित्न आवश्यक थियो। गएराति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको पासलाई १८ वर्षीय गार्नाचोले खेलको १७ औं मिनेटमा गोल गर्दै सुरूआती अग्रता दिलाए पनि थप गाेल गर्ने मौका गुमाउँदा म्याड्रिड दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो।


१८ वर्ष १२५ दिनमा गोल गरेका गार्नाचो युनाइटेडका सबैभन्दा कान्छो गैर-अंग्रेजी गोलकर्ता बनेका छन्। गत बिहीबार ओल्ड ट्राफोर्डमा शेरिफ टिरास्पोलमाथि ३-० को जित निकालेको बेला उनले युरोपा लिगमा शीर्ष टिमबाट डेब्यु गरेका थिए। पहिलो हाफमा रोनाल्डोको शक्तिशाली प्रहार पोलमा लागेर फर्कँदा युनाइटेडले अग्रता दोब्बर बनाउने उत्कृष्ट मौका गुमाएको थियो। दोस्रो हाफमा पाएका केही राम्रा मौका खेर फाल्दा युनाइटेडले अग्रता बढाउन सकेन।

Classic Tech Mobile
Classic Tech Desktop

गएरातिको जितसँगै युनाइटेड र सोसिडाडको समान १५-१५ अंक भए पनि गोल अन्तरका आधारमा सोसिडाड शीर्ष स्थानमा रहँदै नकआउटमा प्रवेश गरेको छ। युनाइटेडले भने प्लेअफमा प्रतिस्पर्धा गर्नेछ। युनाइटेडले च्याम्पियन्स लिगबाट घटुवा भएका टोलीविरूद्ध फेब्रुअरीमा प्लेअफ खेल्नुपर्ने हुन्छ।


यसै समूहको अर्को खेलमा एफसी शेरिफले ओमोनिया निकोसियालाई १-० ले हरायो। शेरिफले ६ अंक जोड्दा ओमोनिया अंकविहिन रह्यो। शेरिफले अब युरोपा कन्फरेन्स लिगको प्लेअफ खेल्नेछ।

प्रतिकृया