• ११ असोज २०८३, आइतबार
  • ३ः०९ राती

नेपालकी वर्षा ओलीले भुटानविरूद्ध २५ सेकेण्डमै गरिन् गोल

प्रकाशित मिति

२०७९ कार्तिक १७ गते, बिहीबार ०४:५३

१७ कात्तिक २०७९, काठमाडौँ : साफ यू-१५ च्याम्पियनसिपमा नेपालकी वर्षा ओलीले बिहीबार खेल सुरू भएको २५ सेकेण्डमै गोल गरेकी छिन्। बंगलादेशमा भइरहेको प्रतियोगितामा वर्षाले भुटानविरुद्ध २५ सेकेण्डमै गोल गरेकी हुन्। उनले कप्तान दीपा रोकायले दिएको पासमा गोल गरेकी हुन्। प्रतियोगितामा नेपालसहित भुटान र बंगलादेश गरी तीन टिमको मात्र सहभागीता छ ।

National Life

यसअघि भएको पहिलो खेलमा भुटानमाथि बंगलादेशले ८-० गोलको जित निकालेको थियो। प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ। त्यसपछि ९ नोभेम्बरमा फेरि भुटान र ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ। तीन टिमले एकआपसमा दुई पटक भिडेपछि सर्वाधिक अंक जोड्ने टिम च्याम्पियन हुनेछ।

प्रतिकृया