• १२ असोज २०८३, सोमबार
  • ५ः४४ बिहान

बारा क्षेत्र नं.३ बाट संविधान सभा चुनावमा उठेका नरेश चौलागाईंको पार्टी एकीकृत शक्ति नेपालको घोषणापत्र

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार १२:२९

१६ कार्तिक २०७९, काठमाडौँ: नरेश चौलागाईं बारा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उम्मेदवार भएका छन् । उनी एकीकृत शक्ति नेपालबाट उठेका हुन् भने उनको चुनाव चिन्ह त्रिशुल हो ।

National Life

नरेश चौलागाईं बारा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उम्मेदवार भएका छन् । उनी एकीकृत शक्ति नेपालबाट उठेका हुन् भने उनको चुनाव चिन्ह त्रिशुल हो ।

जीवन भनेको नै एउटा सङघर्षको पाटो हो भन्ने धारणा राखेका चौलागाँई धेरै कठिन अवस्थाहरुलाई पार गरेर यहाँसम्म आइपुगेको बताउँछन् । संघर्षलाई जीवनको अभिन्न अंग ठान्ने उनी व्यवसायमा सफल भएपछि देशको लागि पनि केही गर्न सकिन्छ कि भनेर अहिलेको प्रतिनिधि सभा चुनावमा त्रिशुल चिन्ह लिएर एकीकृत शक्ति नेपालबाट उठेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आफ्नो पार्टी बलात्कारी र भ्रष्टाचारी विरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै बलात्कारी र भ्रष्टाचारीलाई मृत्युदण्ड समेत दिनुपर्ने आफ्नो पार्टीको माग भएको उनले बताएका छन् । त्यसैगरी शिक्षा, आकस्मिक एवम प्राथमिक स्वास्थ्य र न्याय निशुल्क उपलब्ध गराउन आवश्यक प्रक्रिया थालनी गर्ने पनि उनको पार्टीको आगामी योजना रहेको छ ।


युवाहरुको लागि उनको पार्टीको योजनामा “युवाहरुको लागि स्वदेशमै रोजगार सिर्जना गरी उनीहरुलाई विदेश पलायन हुनबाट रोकिनेछ ।” उनको पार्टीको विस्तृत चुनावी घोषणापत्र निम्न बमोजिम छः

एकीकृत शक्ति नेपाल
हामी बनाउँछौं हाम्रो देश
त्रिशुल चिन्हमा मतदान किन ?

आमुल परिवर्तन विना मुलुकको शान्ति, स्थिरता र समृद्धिको द्वार खुल्न कठिन मात्र नभई असम्भव हुँदै गएको महसुस हामीले गरेका छौं । सरकार परिवर्तनले मात्र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने तथ्य केही दशक भित्र भएका अभ्यासहरुले पुष्टि गरिसकेको छ । जिम्मेवार राजनीतिक दलका नेतृत्वले निर्वाह गरेका गैह्र जिम्मेवार र अदुरदर्शी एवम अपरिपक्व भूमिकाले देशको सार्वभौमिक सर्वोच्चतालाई चुनौतीपूर्ण अवस्थामा पुयाएको छ ।


राष्ट्रियता, राष्ट्रिय एकता र समाजिक सद्भावमा चुनौती थपिएको छ । भष्ट्राचार र बेरोजगारी बढाएको छ । अपराधीकरण बढेको छ । राजनीतिकों व्यापारीकरण भएको छ र, राज्य संयन्त्रका हरेक अङगलाई पार्टीकरण गरिएको छ । औद्योगिकीकरणमा करिव पूर्ण बिराम लागेको छ, जनताको दैनिक जीवन कष्टपूर्ण बनेको छ । व्यापारघाटा बढ्दै जाँदा राष्ट्रिय अर्थतन्त्र सङकटमा परेको छ र उत्पादन तथा उत्पादनका साधनहरुका गम्भीर ह्रास आएको छ । यस्तो स्थितिमा हामी त्रिशुल चिन्ह लिएर निम्नानुसारको प्रतिबद्धता सहित चुनावी मैदानमा उत्रिएका छौं । यहाँहरुको साथ सहयोग र मत प्राप्त हुने विश्वास हामीले गरेका छौं ।

हाम्रा प्रतिबद्धता

  • प्रदेश संरचना विस्थापित गरी स्थानीय तहलाई अझ सशक्त, जिम्मेवार र सबल तुल्याउँदै
  • जनताको सेवा सुविधा र अधिकार सुनिश्चित गराउने ।
  • बौद्ध किराँत जैन, शिख, बोन, मैत्रीय र इस्लाम लगायत नेपालीहरुले परापूर्वकाल देखि मानि आएको धर्म, संस्कृति, सम्पदा र परम्परा संरक्षण गर्ने वैदिक सनातन हिन्दुराष्ट्र स्थापना गरी धर्म निरपेक्ष नीति र व्यवहारलाई बिस्थापन गर्ने ।
  • जातीयतामा आधारित अवधारणा बदर गरी नेपालीत्वको अभिवृद्धि गर्ने ।
  • समानुपातिक प्रणाली खारेज गरी प्रजातान्त्रिक पद्धतिको सवलीकरण गर्ने ।
  • संसदलाई कानून निर्माणमा मात्र केन्द्रीत रहने विधिवत व्यवस्था गराउने ।
  • भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्डसम्मको कानूनी व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।
  • कर्मचारी, विद्यार्थी र शिक्षकहरुको राजनीतिक प्रकृतिका संगठन निर्माणलाई निरुत्साहित गर्ने ।
  • हरेक नागरिकप्रति जिम्मेवार रहने अभिभावकीय राज्य प्रणालीको विकास गर्ने ।
  • न्याय प्रणालीको पुनःसंरचना गरी न्यायाधीशहरुको पुनः नियुक्ति गर्ने ।
  • कार्यमुखी प्रशासनिक प्रणालीको विकास गर्ने ।
  • खेल तथा व्यायामशालाहरुको निर्माण गरी खेलकुदको उच्चतम विकास गर्ने ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई स–सम्मान मासिक भत्ताको व्यवस्था गर्ने ।
  • राज्य संयन्त्र तथा समाजमा भैरहेको पार्टीकरणको स्थिति अन्त्य गरी निष्पक्ष अभ्यासको प्रारम्भ गर्ने ।
  • शिक्षा, आकस्मिक एवम प्राथमिक स्वास्थ्य र न्याय निशुल्क उपलब्ध गराउन आवश्यक प्रक्रिया थालनी गर्ने । घुम्ति अस्पताल संचालनको आवश्यक व्यवस्था मिलाईने ।
  • असंलग्नतामा आधारित राष्ट्रहित केन्द्रीत सन्तुलित परराष्ट्र नीति र व्यवहार अवलम्बन गर्ने ।
  • अनाधिकृत रुपमा बिक्री गरिएका उद्योग कलकारखानाहरु पुनः राज्यको स्वामित्वमा ल्याई संचालन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने
  • स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवा पलायन रोकथाम गर्ने ।
  • सार्वजनिक जमिन तथा वन क्षेत्रमा फलफूलका विरुवारोपण राष्ट्रिय अभियान संचालन गर्ने ।
  • महिला तथा विदेशबाट फर्किएका युवाहरुलाई उद्योग तथा कलकारखाना खोल्न सहुलियत पूँजी उपलब्ध गराउने ।
  • राष्ट्रहित केन्द्रीत पराराष्ट्र नीति र व्यवहार कार्यान्वयनमा ल्याईने ।
  • परम्परागत बिउबिजन संरक्षण तथा खेती प्रणालीको प्रोत्साहन गर्दै प्रांगारिक मल उत्पादन तथा प्रयोगलाई प्राथमिकता दिने । हरेक वर्ष किसानहरुलाई सम्मान सहित पुरस्कारको व्यवस्था गर्ने ।
  • प्राकृतिक श्रोतहरुको पहिचान गरी उपयोग गर्न विशेष योजना तथा कार्यक्रम बनाउने ।
  • प्रकृति संरक्षणका लागि विशेष कानून निमार्ण गरी नदिनाला, खोला, बन, हिमाल पहाड, चुरे अतिक्रमणलाई पूर्ण नियन्त्रण गर्ने ।
  • मौलिक पूर्वीय सभ्यता अनुरुपको जीवन उपयोगी र वैज्ञानिक शिक्षा व्यवस्था कार्यान्वयनमा ल्याउने नेपाली ललितकला, सम्पदा, साहित्य र सिने कलाको विकास र संरक्षण गर्ने दायित्व राज्यले लिनु पर्ने अनिवार्य व्यवस्था गर्ने ।
  • कलाकर्मीहरुको जीवनवृत्ती र उचित सम्मानको व्यवस्था गर्ने ।
  • गाँजा लगायत औषधीय गुणका सबै वनस्पतिहरुको उत्पादन संरक्षण तथा ब्यवस्थापन गरी राष्ट्रिय आयवृद्धीमा योगदान पुयाईने ।
  • राष्ट्रिय पूँजी र राष्ट्रिय उद्यमी तथा व्यवशायीहरुको संरक्षण एवम प्रवर्धनको व्यवहार सुनिश्चित गर्ने ।
  • नियमित कर तिर्दै आएका ६५ वर्ष माथिका नागरिकलाई निः शुल्क उपचार र आवाशको व्यवस्था गर्ने ।
  • ६५ वर्ष पुगेका बृद्ध नागरिहरुका लागी जीवन निर्वाह भत्ता दिने ।
  • नेपाललाई अध्यात्म भूमिका रुपमा विकास गर्दै शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउने ।
  • वैदेशिक रोजगारीमा संलग्न महिला तथा युवाको निम्ति आत्मनिर्भरता, सुरक्षा, सुविधा र सम्मानको विशेष कार्यक्रम तर्जुमा गर्ने ।

प्रतिकृया