मोरङमा हाइटेन्सनमा करेन्ट लागेर मृत्यु
प्रकाशित मिति
२०७९ कार्तिक १६ गते, बुधबार १०:५७
१६ कात्तिक २०७९, काठमाडौँ : बिजुलीको हाइटेन्सन लाइनबाट करेन्ट लागेर मोरङको बूढीगंगा गाउँपालिका–२ मा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बाँस काट्ने क्रममा करेन्ट लाग्दा विराटनगर महानगरपालिका–६ का ३० वर्षीय राम मण्डलको मृत्यु भएको हो ।
बूढीगंगा–२ मा घर निर्माणका लागि बाँस काट्ने क्रममा मण्डललाई करेन्ट लागेको थियो । काटेको बाँसले ११ हजार भोल्टको हाइटेन्सन लाइनमा छुनसाथ करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपाचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गर्नसाथ चिकित्सकले साँझ ५ बजेतिर मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए ।
शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Recent News
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
- यस्तो छ आजको मौसम
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया