• १२ असोज २०८३, सोमबार
  • १ः०४ राती

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार १०:१५

१६ कात्तिक २०७९, काठमाडौँ : महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरुको लागि “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ ।

National Life

यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । बैंकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो ।


ग्राहकले दुई महिना सम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु।एक सय वा सो भन्दामाथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विगत देखि नै ग्राहकहरुको आम्दानीमाउच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको बैंकले आमग्राहकहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गका साथ साथै अझै थप गुणस्तरिय वित्तीय सेवाप्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

प्रतिकृया