• २ असोज २०८३, शुक्रबार
  • ३ः११ राती

हिमालय एयरलाइन्सले भैरहवाबाट दैनिक चार्टर्ड उडान गर्ने

प्रकाशित मिति

२०७९ कार्तिक १५ गते, मंगलवार ०७:५०

१५ कात्तिक २०७९, काठमाडौँ : हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुईटा यात्रुवाहक चार्टर्ड उडान सुरू गर्ने भएको छ। एयरलाइन्सले कात्तिक १७ देखि २४ गते (नोभेम्बर ३ देखि १०) सम्मका लागि भैरहवा–क्वालालमपुर चार्टर्ड उडानका लागि मंगलबार नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।

National Life

प्राधिकरणकाअनुसार एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बेस बनाएर काठमाडौं–भैरहवा–क्वालालम्पुर र क्वालालम्पुर–भैरहवा–काठमाडौंका लागि उडान गर्नेछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले काठमाडौं विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरिसकेको छ।


प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई वीन्टर सेड्युलअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिइसकेको छ। सोही अनुरूप हिमालय एयरलाइन्सले आगामी बिहीबारदेखि भैरहवाबाट चार्टर्ड उडान सुरू गर्न लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया