• १३ असोज २०८३, मंगलबार
  • ३ः४३ दिउँसो

सन्दीप लामिछाने विरुद्ध आजदेखि थुनछेक बहस हुने

प्रकाशित मिति

२०७९ कार्तिक १५ गते, मंगलवार ०७:५२

१५ कात्तिक, २०७९, काठमाडौँ: नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबारदेखि थुनछेक बहस हुने भएको छ । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गराएको थियो । प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

National Life

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ शीर्षकमा अनुसन्धान गरेको थियो ।


प्रहरीका अनुसार, त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी समेत गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया