• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

सरकारी स्वामित्वमा रहेका ३ बैंकले गऱ्यो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

प्रकाशित मिति

२०७९ कार्तिक १४ गते, सोमबार ११:४६

१४ कात्तिक २०७९, काठमाडौँ : सरकारको स्वामित्व रहेका ३ बैंकहरुले ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा सरकारको स्वामित्व छ । सरकारकै स्वामित्व रहेकाले वित्तीय विवरणलाई चासोको रुपमा हेरिएको हुन्छ । अन्य ६ वाणिज्य बैंकहरुले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।


असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ६ प्रतिशत मात्रै वृद्धि भएको छ । बैंकहरुले गत आर्थिक वर्षको यस अवधिको तुलनामा ५.९३ प्रतिशत नाफा वृद्धि गरेर १८ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेका छन् । जसमा एक दर्जन बैंकहरुको नाफा घटेको छ भने १४ वटा बैंकको बढेको छ ।

Kamana Sewa

यी बैंकहरमा सरकारको पनि स्वामित्व रहेकाले वित्तीय विवरणलाई चासोको रुपमा हेरिएको हुन्छ । त्यसैले चालु आर्थिक वर्षको तीन महिनामा यी ३ बैंकहरुको वित्तीय विवरण कस्तो रहेको छ भनि यहाँ उल्लेख गर्न खोजिएको छ ।

Classic Tech Desktop

चूक्ता पुँजी

चुक्ता पूँजीको आधारमा कृषि विकास बैंक अगाडि छ । कृषि विकास बैंकको १८ अर्ब ६२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पूँजी १४ अर्ब ९४ करोड रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।


जगेडा कोष

जगेडा कोषका आधारमा नेपाल बैंक अग्रस्थानमा छ । नेपाल बैंकको १८ अर्ब ७८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १६ अर्ब ६२ करोड रुपैयाँ र कृषि विकास बैंकको १२ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।


निक्षेप संकलन

असोेज मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकले धेरै निक्षेप रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको १ खर्ब ६१ अर्ब रुपैयाँ, नेपाल बैंकको १ खर्ब ९६ अर्ब रुपैयाँ र कृषि विकास बैंकको १ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ ।


कर्जा प्रवाह

कर्जा प्रवाहमा पनि राष्ट्रिय वाणिज्य बैंक अगाडि नै छ । राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब १० अर्ब रुपैयाँ, कृषि विकास बैंकले १ खर्ब ७५ करोड रुपैयाँ र नेपाल बैंकले १ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


खुद नाफा

यस अवधिमा सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ६० करोड ४० लाख रुपैयाँ र कृषि विकास बैंकले २२ करोड ९ लाख रुपैयाँ आर्जन गरेका छन् ।


खुद ब्याज आम्दानी

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब १८ करोड रुपैयाँ, नेपाल बैंकले १ अर्ब ९० करोड रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेका छन् । खुद ब्याज आम्दानीमा पनि राष्ट्रिय वाणिज्य बैंक अगाडि छ ।


सञ्चालन मुनाफा

राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड रुपैयाँ, नेपाल बैंकले ७९ करोड ४० लाख रुपैयाँ र कृषि विकास बैंकले २४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेका छन् ।


वितरणमयोग्य मुनाफा

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको ३ अर्ब २७ करोड रुपैयाँ वितरणमयोग्य मुनाफा रहेको छ । यसअवधिमा नेपाल बैंकको वितरणयोग्य नाफा भने घाटामा छ ।


नेट फि तथा कमिशन आम्दानी

कृषि विकास बैंकको २७ करोड २१ लाख रुपैयाँ, नेपाल बैंकको २२ करोड १ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १४ करोड ७३ लाख रुपैयाँ नेट फि तथा कमिशन आम्दानी छ ।


कुल सञ्चालन आय

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ४५ करोड रुपैयाँ, कृषि विकास बैंकको २ अर्ब २० करोड रुपैयाँ र नेपाल बैंकको २ अर्ब १५ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी छ ।


वित्तीय विवरणका अनुसार निक्षेप संकलन, कर्जा प्रवाह, खुद नाफा, खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा, र कुल सञ्चालन आयमा राष्ट्रिय वाणिज्य बैंक अग्र स्थामा रहेकाे छ भने चूक्ता पुँजी, नेट फि तथा कमिशन आम्दानीमा कृषि विकास बैंक अग्र स्थामा रहेकाे छ। नेपाल बैंक भने जगेडा कोषमा मात्रै अग्र स्थामा रहेकाे छ । अन्य २ बैंककाे तुलनामा नेपाल बैंकको वितरणयोग्य नाफा भने घाटामा छ ।

प्रतिकृया