• ११ असोज २०८३, आइतबार
  • ३ः५४ राती

म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा उक्लियो आर्सनल

प्रकाशित मिति

२०७९ कार्तिक १४ गते, सोमबार ०७:३०

१४ कात्तिक २०७९, एजेन्सी : रेलिगेशन जोनमा रहेको नटिङहम फरेस्टमाथि सानदार जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। घरेलु मैदानमा नटिङहममाथि ५–० को फराकिलो जित निकालेको आर्सनलले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो।आर्सनललाई जिताउन रेइस नेल्सनले दुई तथा गाब्रियल मार्टिनेली, थोमस पार्टे र मार्टिन ओडेगार्डले समान एक-एक गोल गरे।

National Life

पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा थप चार गोल गर्दै सहज जित निकालेको हो। इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति आर्सनलले खेलको पाँचौं मिनेटमा मार्टिनेलीको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० ले अग्रता लिएको आरुसनलले दोस्रो हाफमा गोलको वर्षा गर्‍यो। खेलको ४९ औं मिनेटमा रेइस नेल्सनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। त्यसपछि ५२ औं मिनेटमा नेल्सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।


५७ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई ४–० ले अघि बढाए। त्यसपछि ७८औं मिनेटमा मार्टिन ओडेगार्डले गाब्रियल जेससको पासमा गोल गर्दै आर्सनललाई ५–० को सहज जित दिलाए । यो जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको १२ खेलबाट ३१ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ। पराजित नटिङहम १३ खेलबाट ९ अंक जोडेर रेलिगेशन जोनमै छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया