• २४ भदौ २०८३, बुधबार
  • ४ः५९ बेलुका

सिटिजन्स बैंकको क्यास डिपोजिट मेसिनमार्फत नगद जम्मा गर्ने सेवाको शुभारम्भ

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०२:३७

११ कात्तिक, २०७९, काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवाहरू डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरूवात २०७९ लक्ष्मी पूजाको दिन बाट गरेको छ। यस नवीनतम सेवामार्फत् अब ग्राहकहरूले कुनै भौतिक फारम बिनानै सहज रूपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सक्नेछन्।

National Life

यस सेवा अन्तर्गत ग्राहकहरूले क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँच सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ। यस सेवाबाट ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुने भन्ने विश्वास बैंकले लिएको छ। बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको बताएको छ।


कार्यक्रमको सुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैंकिङको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगाडि बढाएको र शसक्त ढंगले ग्राहक मैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य बनाइएको बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिकृया