• 2:52 am

डलरभन्दा महँगो भयो युरो, डलरको भाउ १३२ रुपैयाँ २९ पैसा

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०२:२७

११ कात्तिक, २०७९, काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रूपैयाँ २९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३२ रूपैयाँ १८ पैसा र बिक्रीमा १३२ रूपैयाँ ७८ पैसा पाइन्छ।


बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ३ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रूपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रूपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९७ रूपैयाँ २० पैसा पाइन्छ।


यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५ पैसा र बिक्रीदर ३५ रूपैयाँ २१ पैसा तोकेको छ।


युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ९३ पैसा र बिक्रीमा २८ रूपैयाँ ६ पैसा पाइन्छ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४२७ रूपैयाँ ४५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ।

प्रतिकृया