• १८ भदौ २०८३, बिहीबार
  • ५ः५० बेलुका

चितवनमा दुई हजारभन्दा बढीमा डेंगी संक्रमण

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०८:१८

११ कात्तिक, २०७९, भरतपुर : चितवनमा डेंगी सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय, चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको हाे । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगी परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।


कार्यालयको तथ्याङ्कअनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन्। जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगी सङ्क्रमणबाट तीन जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।

Kamana Sewa

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगी सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ ।

Classic Tech Desktop

खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगी देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।


इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। अझै केही समय डेंगी सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए।


उनले जाडो बढेसँगै डेंगी कम हुँदै जाने अनुमान गरिएको पनि बताए।

प्रतिकृया