• २१ भदौ २०८३, आइतबार
  • १ः१४ राती

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०७:२७

११ कात्तिक, २०७९, काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

National Life

बुलेटिनअनुसार आज दिउँसो गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


यस्तै आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Classic Tech Desktop

मौसमविद्का अनुसार दैनिक रूपमा तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ । महाशाखाकी मौसमविद् सजिना शाक्यले दिएको जानकारीअनुसार अहिले बिहानको मापनअनुसार काठडमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.६ डिग्री सेल्सियस छ। अन्य स्थानको तापक्रम विवरण आउन भने बाँकी छ।

प्रतिकृया