• १० असोज २०८३, शनिबार
  • ९ः०४ राती

लुकेर फोहोर फाल्नेबाट महानगरले उठायो चार लाख जरिवाना

प्रकाशित मिति

२०७९ कार्तिक ७ गते, सोमबार १२:५१

७ कार्तिक २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकाले अनधिकृत फोहोर फाल्नेहरूलाई जरिवाना गरी ४ लाख ५ सय रुपैयाँ संकलन गरेको छ।रातको समयमा सडक तथा नदी किनारालगायतका सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेलाई महानगरले जरिवाना गरेको हो।

National Life

महानगरको वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा जरिवाना गरी साउनमा १ लाख ५२ हजार ५ सय, भदौमा ९९ हजार ५ सय र असोजमा १ लाख ४८ हजार ५ सय संकलन गरेको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।


फोहोरको मात्रा र प्रकृतिअनुसार १ हजारदेखि २५ हजारसम्म जरिवाना गर्ने गरिएको महानगरले जनाएकाे छ। जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्ने र कतिपयले भने जरिवाना तिर्नु नपर्ने अडान लिने गरेको कर्मचारीहरू बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन्। कतिपयले आफ्नो फोहोर फाल्न अरुलाई प्रयोग गरेका छन्। कतिपय विद्यार्थीहरूले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनुपरेको बताउने गरेका छन्,’ भट्ट भन्छन्।


‘पक्राउ परेपछि कतिपयले गल्ती महसुस गर्ने गरेको, कतिले आफूले गरेको काम सहि भएको दाबी गरेको अवस्था सुनाउनुभयो,’ कारबाहीमा परेका व्यक्ति तथा संस्थाका विषयमा जानकारी दिँदै उनले भने, ‘यसरी फोहोर फाल्ने कतिले हातमा बोकेर थोरै मात्रा लिएर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेका छन्।’


अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ। एक दिनमा ५ जनाको टोली खटिन्छ।

प्रतिकृया