• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

नेपाल लाईफले २२ औँ वार्षिक डाक्यो साधारण सभा

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार १०:३१

६ कात्तिक, २०७९, काठमाडौँ: नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार २२ औँ वार्षिक साधारण सभा मंशिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

Kamana Sewa

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले कार्तिक १७ गतसम्म सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

Classic Tech Desktop

कम्पनीले प्रकाशन गरेको सूचनाः

प्रतिकृया