• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

भत्किएकाे धरहरा बाँकी भागलाई सिसाभित्र नराखिने

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार ०६:५६

१ कात्तिक २०७९, काठमाडौं : धरहरा भत्किएपछि बाँकी रहेको भागलाई सिसाभित्र नराखिने भएको छ । यसअघि धरहराको भग्नावशेषलाई सिसाभित्र सुरक्षित राख्ने गरी डिजाइन तयार गरिएको थियो । तर, स्थानीयवासीले सिसाभित्र राख्न नहुने माग गरेपछि धरहराको भग्नावशेषलाई खुला रुपमै सुरक्षित ढंगले राख्न लागिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । स्थानीवासीसँग सहमति गरेर धरहरा भाँचिएपछि बाँकी रहेको ठूटोलाई अहिलेकै अवस्थामा राख्न लागिएको हो ।


विभागका पुनर्निर्माण इकाइ प्रमुख प्रभाकरलाल कर्णका अनुसार धरहराको बाँकी रहेको भागलाई अब प्रवलीकरण (रेट्रफिट) गरिने छ । त्यसपछि संरचनालाई ‘केमिकल ट्रिटमेन्ट’ गरेर स्थिर बनाइनेछ । ‘पुरातात्विक संरचना भएकाले सिसाभित्र राख्ने कुरालाई विज्ञहरुले समर्थन गर्नुभएन,’ उनी भन्छन्, ‘बाँकी भागलाई प्रवलीकरण गरेपछि केमिकल राखेर संरक्षण गर्ने योजना बनाएका छौं ।’ अहिले धरहराको पुनर्निर्माण काम आगामी पुसभित्र सक्ने गरी काम हुँदैछ । तर, अझै धेरै काम बाँकी रहेकाले कहिलेसम्म धरहरा निर्माणको काम सकिन्छ भन्ने यकिन छैन ।

Kamana Sewa

११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब ४२ प्रतिशत काम सकिंदाकै अवस्थामा धरहराको उद्घाटन गरेका थिए । काम नसकिंदै हतार–हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्‍याङ नै बनिसकेको थिएन । अहिले पनि प्रविधि जडानसम्बन्धी काम चलिरहेको छ । इकाइ प्रमुख कर्णकाअनुसार मुद्रा संग्रहालय निर्माणको काम अझै धेरै बाँकी छ । नयाँ धरहरा टावरको टावरमुनि बनिरहेको तीन तले भूमिगत पार्किङ र त्यसमा जोडिने प्रविधि जोड्ने काम सकिएको छैन । प्रशासनिक भवन तयार भइसकेको छैन । सुन्धारा पुनर्निर्माण भइसकेको छैन । बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै छ । सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ ।

Classic Tech Desktop

धरहराको नवनिर्मित टावर कहिलेबाट चढ्न पाउने गरी खुला हुन्छ भन्ने यकिन भइसकेको छैन । अरु संरचना नबनेपनि धरहरा चढ्नका लागि खुला गर्नेबारे पनि छलफल भइरहेको इकाइ प्रमुख कर्णले बताए । विभागले सकै काम सकेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाउने छ ।

प्रतिकृया