युनिग्लोव कलेज उत्कृष्ट विजिनेस स्कुल अवार्ड–२०२२ द्वारा सम्मानित

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार ०५:४४

१ कार्तिक २०७९, काठमाडौँः काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेज यस वर्षको उत्कृष्ट विजनेस स्कुल अवार्ड–२०२२ द्वारा सम्मानित भएको छ । संयुक्त अरब इमिरेट्स(UAE) को दुबई शहरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि दुबई विजिनेश काउन्सिलका अध्यक्ष डा. आशिक अलि, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख श्री महोम्मद हुसेन र नेपालबाट मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्य द्धारा संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरिएको हो ।


उक्त अवार्ड वितरण कार्यक्रममा कलेजका तर्फवाट प्राचार्य डा.नर बहादुर बिष्ट र कार्यकारी निर्देशक डा. गंगाधर दाहाल सहभागी हुनु भएको थियो। साथै सोही कार्यक्रममा युनिग्लोव कलेजका प्राचार्य डा.नर बहादुर बिष्ट पनि उत्कृष्ट प्राचार्य (Best Principal) अवार्डबाट सम्मानित हुनु भएको छ । युनिग्लोव कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई BBA, BBA-BI, MBA /MBA(Finance)का शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।


शैक्षिक गुणस्तरमा अब्बल साबित यस कलेजले पोखरा विश्वविद्यालयबाट उत्कृष्ट नतिजाको लागि ९ वटा स्वर्ण पदक प्राप्त गरिसकेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आइरहेको यस कलेजले हाल सम्म १० वटा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको र बिदेशमा आयोजित ४० वटा भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलन तथा तालिमहरुमा समेत विद्यार्थीहरुलाई सहभागी गराईसकेको छ । अनुसन्धानमुलक शिक्षालाई जोड दिदै आइरहेको यस कलेजले हरेक वर्ष ४ वटा जर्नलहरु प्रकाशित गर्दै आइरहेको छ । भौतिक सुविधाले सम्पन्न काठमाडाैंको नयाँ बानेश्वर केन्द्रमा रहेको यस कलेजले नेपालमा व्यवस्थापन विधामा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको छ ।


उत्कृष्ट प्राचार्य अवार्डबाट सम्मानित डा. नर बहादुर बिष्टले नेपालको परिपेक्षमा युनिग्लोव कलेजले अनुसन्धानमुलक, व्यवहारिक तथा सिपमुलक शिक्षण पद्धति मार्फत रोजगारमुखी व्यवस्थापक, उद्यमसील र नेतृत्वदायी मानव संसाधन उत्पादन गरि अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरिरहेको कुरा बताउनु भयो । यस कलेजले २०१८, २०१९ र २०२२ मा पनि एम.वि.ए. र बि.बि.ए. तर्फ उत्कृष्ट कलेज अवार्ड प्राप्त गरिसकेको छ ।

प्रतिकृया