• ११ असोज २०८३, आइतबार
  • ३ः३२ राती

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०५:१०

३० आश्विन २०७९, काठमाडौँ: नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

National Life

प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।


पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी उनले पोखराको सराङकोटबाट उडान भरेका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया