• २२ भदौ २०८३, सोमबार
  • २ः३२ राती

जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति र प्रधानमन्त्री ललितपुर जाने

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ११:२२

३० आश्विन २०७९, काठमाडौँ : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने भएको छ । आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्रांगणमा राखिने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

National Life

त्यसक्रममा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरको प्रांगणमा उपस्थित हुने उनले बताए ।


जोशीप्रति श्रद्धाञ्जली अर्पणपछि उनको पार्थिव शरीर पुनः ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा लगिनेछ । १०३ वर्षीय संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा सोही अस्पतालमा निधन भएको थियो ।

Classic Tech Desktop

जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार नजलाई अध्ययनका लागि सोही अस्पतालमा राखिने अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले बताए ।

प्रतिकृया