• ११ असोज २०८३, आइतबार
  • ८ः४७ राती

बैंकको होइन प्रतिनिधिकै बदमासी, कारबाही हुन्छ: माछापुच्छ्रे बैंकको प्रष्टीकरण

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार १०:३१

३० असोज २०७९, काठमाडौँ: माछापुच्छ्रे बैंकको रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा व्यवस्थापनले सम्बद्ध प्रतिनिधिलाई दोषी रहेको र कारबाही अगाडी बढाइएको जनाएको छ। बैंकले विज्ञप्ति मार्फत प्रष्टीकरण दिँदै दोषीविरुद्ध कारवाही अघि बढाइएको र रकम हिनामिना घटनाको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

National Life

बैंकले प्रतिनिधिको लापरवाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको छ।बैंकले रुपन्देही जिल्ला, समरीमाई गाउँपालिका, वडा नं. ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक न.पा., वडा नं. २, मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्र (बीएलबी) राखेको बताएको छ ।


उक्त सेवाकेन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाईममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिण्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा निज प्रतिनिधिहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य कानून विपरित रहेकोमा निज प्रतिनिधिहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिएको बैंकले जानकारी गराएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैले खाए मासेको व्यहोरा लिखित रुपमा नै स्वीकार गरी सकेको र निज प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने र सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्फत आवश्यक कानूनी प्रकृया शुरु भईसकेको जानकारी गराउँदै उक्त कार्यबाट पिडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकृयामा सहभागि हुन समेत आग्रह गरेको छ ।

प्रतिकृया