• १४ असोज २०८३, बुधबार
  • ९ः१९ राती

युक्रेनमा निःशुल्क इन्टरनेट बन्द गर्ने मस्कको संकेत

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०८:२१

३० असोज २०७९, काठमाडौँ: अमेरिकी सेनाले प्रमुख नेटवर्कका लागि लगानीबारे अर्बपतिको कम्पनीसँग कुराकानी गरिरहेको पुष्टि गरेको छ । मस्क र युक्रेनी नेताहरूबीचको विवाद सार्वजनिक रूपमा बाहिरिएपछि यो छलफल भएको हो। युक्रेनी नेताहरू क्रिमियामाथिको रूसी सार्वभौमिकतालाई स्वीकार गर्ने उनको विवादास्पद योजनाबाट क्रुद्ध भएका थिए।

National Life

मस्कले गत हप्ता दिएको अद्यावधिक तथ्याङ्कअनुसार, पृथ्वीको तल्लो कक्षमा तीन हजारभन्दा बढी साना उपग्रहहरूको तारामण्डल स्टारलिङ्क, युक्रेनको सञ्चारको लागि महत्वपूर्ण रहेको छ किनकि यसले रूसको आक्रमणविरुद्ध लडिरहेको छ। स्पेसएक्सले लगभग २५ हजार ग्राउन्ड टर्मिनलहरू निशुल्करूपमा उपलब्ध गराउँदै आएको छ।


आफ्नो आर्थिक सहयोग समाप्त हुने र सेनाले खर्च गर्नुपर्ने मस्कको चेतावनीबारे सीएनएनको एक रिपोर्टलाई पुष्टि गर्दै उनले ट्वीटको शृङ्खलाबद्ध रूपमा सूचनाहरू जारी गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

“स्पेसएक्सले विगतको खर्च फिर्ता गर्न भनिरहेको छैन, तर विद्यमान प्रणालीलाई अनिश्चितकालका लागि कोष दिन सक्दैन र सामान्य घरपरिवारभन्दा १०० गुणा बढी डाटा प्रयोग हुने हजारौं टर्मिनलहरू पठाउन सक्दैन,” उनले ट्वीटरमा लेखेका छन्।


उनले भने, “यो अनुचित छ।” मस्कका अनुसार यो अपरेसनमा स्पेसएक्सलाई आठ करोड अमेरिकी डलर खर्च भइसकेको छ र यो वर्षको अन्त्यसम्ममा १० करोड डलरभन्दा बढी खर्चहुने अनुमान गरिएको छ।


तर सीएनएनका अनुसार स्पेसएक्सले पेन्टागनलाई दिएको तथ्याङ्कअनुसार युक्रेनमा पहिलो २०,००० टर्मिनलमध्ये करिब ८५ प्रतिशतमा संयुक्त राज्य अमेरिका, पोल्याण्ड वा अन्य संस्थाहरूले कम्तिमा आंशिक रूपमा भुक्तानी गरेका थिए।


पेन्टागनका सञ्चार उप–सचिबसबरीना सिंहले शुक्रबार अमेरिकी रक्षा मन्त्रालय मस्कसँग आर्थिक सहयोगका विषयमा सम्पर्कमा रहेको बताएका छन्।


सिंहले भने, “हामी पुष्टि गर्न सक्छौं कि विभागले स्पेसएक्सबाट युक्रेनमा उनीहरूको उपग्रह संचार उत्पादन कोषको बारेमा पत्राचार प्राप्त गरेको छ। हामी यस र अन्य विषयमा स्पेसएक्ससँग सम्पर्कमा छौं।” रासस/एएफपी

प्रतिकृया