• ११ असोज २०८३, आइतबार
  • ४ः१४ बिहान

मनसुन बाहिरिँदै, एक साता घाम लाग्ने

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०७:०८

३० असोज २०७९, काठमाडौँ: नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन-चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन । प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको छ । पूर्वी भूभागमा भने आज पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

National Life

सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया