• ११ असोज २०८३, आइतबार
  • ४ः३७ बिहान

रुसको सैन्य तालिम केन्द्रमा चल्याे गाेली: ११ जनाको मृत्यु, १५ घाइते

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०७:०३

३० असोज २०७९, काठमाडौँ: रुसको एक सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको सरकारी समाचार एजेन्सी रियाले जनाएकाे छ ।

National Life

एजेन्सी रियाका अनुसार बन्दुक आक्रमणमा गरी ११ जनाको मृत्युसँगै १५ जना घाइते भएका हुन् । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीमा उल्लेख छ ।


रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘युक्रेनविरुद्धको सैन्य अभियानमा स्वेच्छिक रुपमा भाग लिने इच्छा व्यक्त गर्ने व्यक्तिहरूलाई हतियार चलाउने तालिम दिने क्रममा आतंककारीहरूले साना हतियारले गोली चलाए,’ रुसको रक्षा मन्त्रालयले भनेको छ ।


आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन ।


गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिएका थिए ।


यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरैले देश छाडेका थिए ।

प्रतिकृया