• २० भदौ २०८३, शनिबार
  • ११ः१० राती

दर्शकले निःशुल्क​ नेपाली फिल्म हेर्न पाउने

प्रकाशित मिति

२०७९ आश्विन २८ गते, शुक्रबार ०६:०१

२८ असोज २०७९, काठमाडौँ : दर्शकले अब नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन् । नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरु पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो ।नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरु प्रसारण गर्न लागेको टेलिभिजन संचालक संस्था डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

National Life

ओएसआर डिजिटल र डिएआर मुभिजको सहकार्यमा नेपाली फिल्म टेलिभिजनमा प्रशारण गर्न लागिएको हो । टेलिभिजन हेर्ने दर्शकले नयाँ फिल्म घरमै बसेर निःशुल्क हेर्न पाउन् भन्ने उदेश्यले दीपावलीबाट यो प्रदर्शन सुरु गर्न लागेको हो ।


प्रदर्शनको सुरुवात फिल्म ‘लप्पन छप्पन २’ बाट हुँदैछ । केही महिना अगाडि हलमा प्रदर्शनमा आएको यो फिल्म विदेशका कतिपय देशमा अझै प्रदर्शन बाँकी छ । फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, शिव श्रेष्ठ, अर्पण थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

Classic Tech Desktop

प्रतिकृया