• १३ असोज २०८३, मंगलबार
  • ४ः२१ बेलुका

लागूऔषधसहित चारजना पक्राउ

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार ०७:४०

२५ असोज २०७९, काठमाडौँ : बर्दिया प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे८प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

National Life

चेकजाँचका क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए । सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने राजेश विकका लागि लागूऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन् ।


पक्राउ परेका चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया