• ११ असोज २०८३, आइतबार
  • ३ः३१ राती

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिस विजयी

प्रकाशित मिति

२०७९ आश्विन २४ गते, सोमबार ०४:५८

२४ असोज २०७९, काठमाडौँः नवौँ राष्टिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ। वर्षा बाधक बनेको खेलमा डिएल मेथडका आधार पुलिस विजयी भएको हो। पहिले ब्याटिङ गर्दै नेपाल पुलिस क्लबले कर्णाली प्रदेशविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

National Life

जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेशले लक्ष्य पछ्याउने क्रममा १०.२ ओभरमा १७ रन बनाउँदा वर्षा बाधक बनेको थियो। खराब प्रदर्शन गरेको कर्णाली फराकिलो हार उन्मुख रहँदा वर्षा भएपछि खेलको निर्णय डिएल मेथडका आधारमा लिइएको थियो।


त्यसअघि पोखरा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाउँदा काजल श्रेष्ठ र कविता कुँवरले १६–१६ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा रेवती धामीको १४ रन रह्यो। कर्णालीले १८ रन अतिरिक्त दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया