• ११ असोज २०८३, आइतबार
  • ४ः०९ बिहान

युरोपेली च्याम्पियन्स लिग : रियल र सिटीको लगातार जित

प्रकाशित मिति

२०७९ आश्विन २० गते, बिहीबार ०९:२४

२० असोज २०७९, काठमाडौँ : रियल म्याड्रिडले बुधबार साख्तर डोनेस्कमाथि २-१ को जित हासिल गरेको छ । यो जितसँगै युरोपेली च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले तीन खेलमा शत प्रतिशत जित निकालेको छ । रियलका लागि रोड्रिगो र भिनियस जुनियरले एक(एक गोल गरेका थिए ।

National Life

यो नतिजापछि रियल नौ अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा छ । साख्तर चार अंकसहित दोस्रो स्थानमा छ । समूहकै अर्को खेलमा आरबी लाइपगिजले सेल्टिकलाई ३-१ गोलान्तरले पराजित गर्‍यो ।


इर्लिङ हाल्यान्डले आफ्नो उच्च लय कायम राख्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले समूह ‘जी’ मा एफसी कोपेनहेगमलाई ५–० गोलान्तरले हराउँदै लगातार तेस्रो जित हात पार्‍यो । हाल्यान्डले सिटीका लागि १२ खेलमा १९ गोल गरिसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सिटी समूहको शीर्ष स्थानमा छ भने उसलाई बोरुसिया डर्टमुन्डले पछ्याइरहेको छ । डर्टमुन्डले अर्को खेलमा सेभियालाई ४(१ ले पराजित गरेको छ ।


यस्तै समूह ‘ई’ मा आरबी साल्सबर्गले डायनामो जागरेभलाई १–० र चेल्सीले एसी मिलानलाई ३-० ले हरायो । समूह ‘एच’ मा बेनफिकाले पेरिस सेन्ट जर्मेनलाई १–१ को बराबरीमा रोक्यो भने युभेन्ट्सले मकाबी हाइफालाई ३–१ गोलान्तरले जितेको छ ।

प्रतिकृया