• १२ असोज २०८३, सोमबार
  • ६ः११ बिहान

भारतमा बस दुर्घटनामा परी २५ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ आश्विन १९ गते, बुधबार ०६:३२

१९ असोज २०७९, काठमाडौंः भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २५ जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २५ ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ ।

National Life

मङ्गलबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले २५ ओटा शव घटनास्थलमा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


गएराति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया