• ४ साउन २०८३, सोमबार
  • ७:४९ बेलुका

राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने: विमलेन्द्र निधि

प्रकाशित मिति

२०७९ आश्विन १६ गते, आईतवार ०८:१०

१६ असोज २०७९, काठमाडौं: नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताएका छन् । नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताएका हुन् ।नेता निधिले गान्धी विचारधारा मार्क्स विचारधारा भन्दा पनि माथि रहेको जिकिर समेत गरे।


१५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्ने स्पष्ट पारे ।

Kamana Sewa

नेता निधिले भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याएका छौँ । यहाँ पनि बेलाबखतमा सुनिन्छ–दुर्घटना हुन्छ, के हुन्छ भनेर । हामी सबै सचेत हुनुपर्दछ । नेपाली जनता नेपालमा परिवर्तनको पक्षमा, परिवर्तनलाई जोगाउनका लागि र परिवर्तनको सदुपयोग गरेर यसलाई अझै राम्रो दिशामा लगेर देश र जनताको हितमा काम गर्नका लागि अव सचेत भइसकेका छन् । र, हामी त्यसका लागि सधैँ सचेत रहनु पनि पर्दछ । र, अगुवाइ पनि गर्नुपर्दछ । र, अन्तर्राष्ट्रिय स्तरमा पनि आज गान्धी विचारधाराको जरुरी छ । ढिलै भए पनि अव गान्धी र गान्धीको बाटोलाई संसारभरि सम्झिन थालिएको छ । त्यही नै बाटो उत्तम बाटो हो भनेर संसारमा शान्ति र समृद्धिका लागि, मानव अधिकारको लागि, मानव सभ्यताको विकासको लागि भन्नेतिर अव जो गान्धी विचारधाराबाट सहमत थिएनन् । त्यो सोसाइटी पनि अव त्यतातिर ध्यान दिन थालेको छ ।’

Classic Tech Desktop

प्रतिकृया