• २४ भदौ २०८३, बुधबार
  • ३ः३२ दिउँसो

बुद्धिष्ट परम्परा अनुसार नेल्सनको स्वयम्भूनाथमा अन्तिम संस्कार

प्रकाशित मिति

२०७९ आश्विन १६ गते, आईतवार ०७:४२

१६ असोज २०७९, काठमाडौं: कीर्तिमानी आरोही तथा साहासिक पर्वतीय स्की खेलाडी हिलारी नेल्सनको अन्तिम संस्कार काठमाडौँमो स्वयम्भूनाथमा भएको छ । परिवारका सदस्यको उपस्थितिमा आइतबार दिउँसो बुद्धिष्ट परम्परा अनुसार नेल्सनको अन्तिम संस्कार भएको हो ।‘हिमाली क्षेत्रको संस्कार अनुसार परिवारको आग्रह र उपस्थितमा उहाँको अन्तिम संस्कार स्वयम्भूनाथ क्षेत्रमा गरिएको हो’, उनको हिमाल आरोहण यात्राको व्यवस्थापन गरेको काठमाडौँस्थित शांग्रिला नेपाल ट्रेकका प्रवन्ध निर्देशक जीवन घिमिरेले बताए।

National Life

नेल्सन गत सोमबार बिहान मनास्लु हिमालमा बेपत्ता भएकी थिइन् । नेल्सनको शव बुधबार बिहान भेटिएको थियो । शव काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो । उनका दाइ स्टान, पार्टनर जिम मोरिसन, साथीहरुको उपस्थितिमा अन्तिम संस्कार भएको हो । शेर्पा साथीहरु तथा बुद्धिस्ट लामाको उपस्थितमा अन्तिम संस्कार भएको घिमिरेले जानकारी दिए ।

प्रतिकृया