• ४ साउन २०८३, सोमबार
  • ७:४७ बेलुका

१६ वर्षका निमा रिन्जी मनास्लु आरोहण गर्ने विश्वकै कान्छा आरोही

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०९:५२

१५ असोज २०७९, काठमाडौँ : संखुवासभाका १६ वर्षीया निमा रिन्जी शेर्पाले शुक्रबार बिहान ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन्। उनी यति कम उमेरमा मनास्लु चढ्ने विश्वकै कान्छा आरोही बनेकी छन्। शेर्पाले बिहान ९ बजेर २० मिनेटमा मनास्लु हिमालको शिखरमा पाईला टेकेर विश्वकै कान्छा आरोही बनेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ।


उनले सेभेन समिट टोलीका जापानी नाओको वातानाबे, इरानी अहमद एम सालेह र नेपाली तेन्जिङ शेर्पा, पेम्बा थिन्दुक शेर्पा, मनिष महर्जन, नुरबु शेर्पा र लाक्पा शेर्पासँग उनले मनास्लुको आरोहण गरेका हुन्। निमा रिन्जीको बुबा टासी लाक्पा शेर्पा कीर्तिमानी आरोही तथा सेभेन समिट ट्रेक्सको भगिनी कम्पनी, १४ पिक्स एक्सपिडिसनको सञ्चालक हुन्।

Kamana Sewa

सानै उमेरदेखि टाशीलेनै निमालाई व्यवसायिक आरोहण सम्बन्धि तालिम दिएका थिए। निमालाई आफ्ना वुवा टाशीले एक कुशल पर्वतारोही बनेको हेर्न चाहेको वताउँदै विश्वका ८ हजार माथिको १४ वटा हिमाल आरोहणको योजना समेत रहेको खुलाए।

Classic Tech Desktop

प्रतिकृया