• ११ असोज २०८३, आइतबार
  • ४ः३५ बिहान

मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०६:२७

१२ असोज २०७९, काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ । असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो । नेपालले असोज ११ गते बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेलअघि एन्फाको कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।

National Life

अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए । बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । मंगलबार नेपालले उक्त खेल ३-१ ले जितेसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ ।

प्रतिकृया