• १३ असोज २०८३, मंगलबार
  • ५ः०१ बेलुका

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रुडो काठमाडौँमा

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०४:३२

१२ आश्विन २०७९, काठमाडौँ: संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेका छन् । भ्रमणको क्रममा उनले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने यहाँस्थित दूतावासले जनाएको छ ।

National Life

यसैगरी भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे हुने छलफलमा पनि सहभागी हुने छन् ।


भ्रमणका क्रममा उनले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया