• ११ असोज २०८३, आइतबार
  • ३ः५१ राती

रुपेश र दीपेन्द्र सदस्यमा विजयी, एन्फा कार्यसमितिले पायो पूर्णता

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०३:४८

१२ आश्विन २०७९, काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । बुधवार त्रिपुरेश्वरमा भएको विशेष साधारण सभाबाट उनीहरु निर्वाचन भएका हुन् । यससँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ । असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यासीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।

National Life

विशेष साधारण सभाबाट सदस्य पदको पुनः निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यालनका अधिकारी र अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका धिमाल विजयी भएका हुन् । विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा पराजित शेर्पा प्यालनकै लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।


असारमा सम्पन्न चुनावबाट अध्यक्ष पदमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षहरू दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा र दावा लामा निर्वाचित भएका थिए । यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा लामा विजयी भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

खुला सदस्यमा मनिष जोशी, रमेश व्यञ्जनकार, टीका लामा, अनिल मल्ल, रवीन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द क्षेत्री, भरत बुड थापा, मणिराज विष्ट विकासनारायण श्रेष्ठ निर्वाचित भएका थिए ।

प्रतिकृया