• ६ असोज २०८३, मंगलबार
  • १ः०५ दिउँसो

नेपाल बैंकको संदेशमुलक दशैं भिडियो “मामाघर” सार्वजनिक

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०२:४०

१२ असोज २०७९, काठमाडौंः नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा संदेशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्बहरुमा दिदिभाई दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाइ समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ ।

National Life

करिव ३ मिनेटको यो भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट संभव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ । सानो छंदाको दिदि भाईको माया स्नेह बिबाह पश्चात विस्तार कम हुंदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदिभाई तथा दाजुबहिनीको माया सँधै प्रगाढ रहिरहनुपर्ने संदेशसमेत भिडियोले दिएको छ ।


त्यसैगरी डिजिटल बैंकिङ् को प्रयोगलाई प्रबद्र्वन गर्ने मनसायसमेत भिडियोमा देखिएको छ । नेपाल बैंकले आफ्नो आधिकारीक फेश बुक पेज र युटुवमार्फत् सो भिडियो सार्वजकि गरेको छ । नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिकृया