• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

नेपाल इन्स्योरेन्स र आइएमई जनरलको नाममा सहमति नभए पछि मर्जर भाँडियो

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०२:२४

१२ असोज २०७९, काठमाडौंः क्रस होल्डिङ रहेका नेपाल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनी विच नाममा कुरा नमिले पछि मर्जर भाडिएको छ । बीमा समितिले नेपाल इन्स्योरेन्स र आइएमई जनरललाई मर्जरका लागि दवाव दिदै आएको थियो । बीमा समितिका उच्च अधिकारी आफै मर्जरका लागि सहजिकरण गर्न जुटेका थिए । तर नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो नाम छोड्न नचाहे पछि मर्जर टुङ्गिएको हो । आइएमई समुहको प्रमुख लगानी रहेको दुबै कम्पनीमा आइएमई समुहको दवदवा रहदै आएको छ ।


आइएमई समुहले जति पनि क्षेत्रमा लगानी गरेको छ, सबैमा आइएमई नै ‘ब्राण्ड नेम’को रुपमा स्थापित गर्दै आइरहेको छ । त्यसैले गर्दा आइएमईले नाम छोड्दैन । आइएमई समुह अन्तर्गतका जति पनि कम्पनी तथा बैंक वित्तीय संस्था छन् सबैमा आइएमई नै राख्न सफल छ ।

Kamana Sewa

नेपाल बैंकको पनि प्रमुख लगानी रहेको नेपाल इन्स्योरेन्स कम्पनीको नाम कायम राख्न नेपाल बैंकले अडान लिएको बुझिएको छ । नेपाल इन्स्योरेन्स कम्पनी पनि नेपालकै पहिलो निर्जीवन बीमा कम्पनी हो । सबैभन्दा पुरानो नाम भएकाले पनि अन्य लगानीकर्ताले नेपाल इन्स्योरेन्स कम्पनीको नाम छोड्न नचाहेका हुन् । यहि विवादका कारण आइएमई समुहले नेपाल इन्स्योरेन्सको शेयर बिक्रीको लागि आह्वान पनि गरेको थियो । बीमा समितिको दवाव सहन नसके पछि पनि कम्पनीले आफ्नो शेयर डाइभर्स गर्ने प्रकृयाँ अगाडी बढाएको हो । केहि शेयर बिक्री भए पनि केहि शेयर बाँकी छ । उक्त शेयर पनि बिक्री गर्ने प्रकृयाँमा रहेको छ । तर विध्यमान संस्थापकहरुले आइएमईको शेयर खरिद गर्न चाहेनन् । एकातिर नाम छोड्न नसक्ने अर्को तर्फ शेयर खरिद पनि गर्न नसक्ने अवस्थाले मर्जर प्रकृयाँ भाडिएको हो ।

Classic Tech Desktop

केहि समुहको जालोमा रहेका नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले क्रस होल्डिङ देखाउदै मर्जरमा जान निर्देशन दिदै आएको छ । आइएमई मर्जर प्रकृयाँबाट बाहिरिए सँगै युनाइटेड, नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल एक हुन पनि सक्ने सम्भावना उत्तीकै छ ।


मारवाडी समुहका यि कम्पनीमा कुरा नमिले पछि अहिले आइएमई जनरल नोको सँगको छलफलमा जुटेको छ । नेको पनि सस्तोमा पाइयो भने मात्रै मर्जरमा जाने पक्षमा छ । आइएमईलाई नाम चाहिएकोले पनि अन्य कम्पनीहरु सँग कुरा मिलिरहेको छैन । पछिल्लो समय नाम र ब्राण्डका कारण मर्जर भाडिइरहेका छन् । जुन सुकै व्यवसायिक समुहले आफ्नो नाम स्थापित गर्न कम्पनीहरु खोल्ने गर्छन् । त्यसैले गर्दा कोहि पनि आफ्नो नाम गुमाउन चाहदैनन् । नाम पछि प्राय मर्जर को अध्यक्ष, को प्रमुख कार्यकारी हुने भन्ने विवादका कारण भाडिने गरेको छ ।

प्रतिकृया