• १३ असोज २०८३, मंगलबार
  • २ः२९ दिउँसो

मनास्लु हिउँ पहिरो : २ जनालाई उद्धार गरी काठमाडौं ल्याइयो, अरूको उद्धार गरिँदै

प्रकाशित मिति

२०७९ आश्विन १० गते, सोमबार ०६:४९

१० असोज २०७९, काठमाडौँ : गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेकाहरूको उद्धार गर्न सुरू गरिएको छ। आज मध्यान्ह गएको पहिरोमा परेर १० जनाभन्दा बढी घाइते भएका थिए। गोरखाका एसपी केदार खनालले हिउँ पहिरोमा परेकामध्ये २ जनाको उद्धार गरिएको बताए। ‘२ जनालाई उद्धार गरी कैलास एयरको हेलिकप्टरबाट काठमाडौंको कपनस्थित कोरोना अस्पताल लगेको छ,’ उनले सेतोपाटीसँग भने, ‘थप २ जनालाई हिउँ पहिरोस्थलबाट केही तल ल्याइएको छ।’

National Life

पहिरोमा परेका अरूको उद्धार गर्ने तयारी रहेको उनले बताए। सामागाउँमा तीन वटा हेलिकप्टर राखेर दिउँसोदेखि नै उद्धारको प्रयास गरिएको थियो। मौसम प्रतिकूल भएकोले उद्धारमा समस्या भइरहेको उनले बताए। सामागाउँमा एभरेष्ट र सिम्रिक एयरका हेलिकप्टर राखेर हिउँ पहिरोमा परेकाहरूको उद्धार गर्ने कार्य अघि बढाइएको उनले बताए।


आज मनास्लुको तेस्रो आधार शिविरबाट अक्सिजनलगायत सामग्री लिएर चौथो आधार शिविर जाँदै गरेका आरोहीका सहयोगी हिउँ पहिरोमा परेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया