• 5:36 pm

नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धन जुट्यो छलफलमा

प्रकाशित मिति

२०७९ आश्विन ५ गते, बुधबार ०९:१८

५ असोज २०७९, काठमाडौँ : सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।


संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ । उनले भने, ‘राष्ट्रपतिको भूमिकाको गम्भीर समीक्षा हुँदैछ । बैठक एउटा निष्कर्षमा पुग्छ ।’

प्रतिकृया