• ११ असोज २०८३, आइतबार
  • ५ः५३ बिहान

आर्सनल शीर्ष स्थानमा फर्कियो

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०८:२२

३ आश्विन २०७९, काठमाडौँ : ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो।

National Life

पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलमा पकड बनाएको थियो । सलिबाले १७औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए। २८औं मिनेटमा जिजसले अग्रता दोब्बर पारे। ४९औं मिनेटमा फावियो भियराले आर्सनलका लागि तेस्रो गोल गरे।


जितसँगै सात खेलबाट १८ अंक जोडेको आर्सनले तालिकाको शीर्ष स्थानमा उक्लियो। आर्सनलसँग पराजित ब्रोन्टफोर्ड नौ अंकसहित नवौं स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया