• ०९:३३ २०८१ बैशाख ४ गते
  • 9:33 am

विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी (सूचनासहित)

प्रकाशित मिति

२०७९ भाद्र ३१ गते, शुक्रबार ०७:५०

1491645359 nepal bidut jTFXEYbstG

३१ भाद्र २०७९, काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । पदपूर्ति समितिले एक सूचना जारी गर्दै १० औं तहदेखि तह ३ सम्म आवेदन आह्वान गरेको हो । प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।


आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षाका लागि पुस ९ गते सम्पर्क गर्न पनि सूचनामार्फत जानकारी गराइएको छ ।

image 27

image 28

प्रतिकृया