प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रकाशित मिति
२०७९ भाद्र ३१ गते, शुक्रबार ०६:२६
sf7df8f}F, #! h]7 M ;ª3Lo ;+;b, k|ltlglw;efsf] zlgaf/sf] a}7sdf g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& nfO{ kfl/t ub}{ ;f+;bx? . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
३१ भाद्र २०७९, काठमाडौँ : संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७/०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाको बैठक पनि आजै बस्नेछ । दिउसो एक बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।





प्रतिकृया