• १ असोज २०८३, बिहीबार
  • ४ः१९ बेलुका

सानिमा जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार १०:५९

२७ भाद्र २०७९, काठमाडौंः सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा असोज ११ गते कुन्डलिनी दरबार चण्डोल काठमांडौमा बिहान ११ बजेबाट डाकेको हो । सभाले सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने(मर्जर) को प्रस्ताव पारित गर्ने छ ।

National Life

मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १ः१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।


कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असोज ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ यसर्थ असोज ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् । तर कम्पनी मर्जर प्रक्रियामा भएकाले हाल दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया